प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको स्थायी समिति बैठक सकिएर केन्द्रीय समितिको बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ।
बिहान साढे ११ बजे सुरु भएको स्थायी समिति बैठक केहीबेरअघि सकिएर अहिले केन्द्रीय समिति बैठक सुरु भएको स्थायी समिति सदस्य रघुजी पन्तले जानकारी दिए।
नेकपाले आजको बैठकमा पनि नागरिकता र परिचयपत्र साथमै लिएर आउन निर्देशन दिएको थियो।
नेकपाले आजै (बुधबार) बहुमत केन्द्रीय सदस्यको नागरिकता र पार्टीले जारी गरेको परिचय पत्र निर्वाचन आयोगलाई बुझाउने तयारी गरेको छ।
प्रतिक्रिया