प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौँको टुँडिखेल मानव साङ्लोले घेर्ने भएको छ।
प्रतिनिधि सभा विघटनविरुद्ध चौथो चरणको संघर्षमा रहेको नेकपाले चौथो चरणको आन्दोलनको दोस्रो दिन मानव साङ्लोले टुँडिखेल घेर्न लागेको हो।
प्रतिनिधि सभा विघटन, महँगी, मूल्यवृद्धि आदिको विरोधमा बिहीबार दिउँसो ४ देखि ५ बजेसम्म टुँडिखेल मानव साङ्लोले घेर्न लागिएको प्रतिनिधि सभा विघटनविरुद्ध केन्द्रीय संघर्ष समितिका सदस्य सूर्य सुवेदी पथिकले जानकारी दिए।
घेराउ कार्यक्रममा उपत्यकाका तीन जिल्ला कमिटी र जनवर्गीय संगठनहरु सहभागी हुने उनले बताए।
जसअनुसार काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीलाई रत्नपार्कको आकासेपुलदेखि भद्रकाली, भद्रकालीदेखि सुन्धारासम्म विद्यार्थी संगठनका नेता–कार्यकर्ता, मजदुरहरुलाई भोटाहिटीदेखि रत्नपार्कको आकासे पुलसम्म रहने गरी आर्क विभाजन गरिएको उनले जानकारी दिए।
प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड–नेपाल समूहले फागुन २ गते चौथो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो।
प्रतिक्रिया