ad ad

राजनीति


अवहेलना मुद्दा लागेका प्रधानमन्त्री ओली आज सर्वाेच्च अदालत उपस्थित हुँदै

अवहेलना मुद्दा लागेका प्रधानमन्त्री ओली आज सर्वाेच्च अदालत उपस्थित हुँदै

नेपालखबर
फागुन ६, २०७७ बिहिबार ४:३६,

आफूविरुद्ध अदालतको अवहेलना गरेको मुद्दा लागेका प्रधानमन्त्री केपी शर्मा ओली लिखित जवाफ लिएर आज (बिहीबार) सर्वाेच्च अदालत उपस्थित हुँदै छन्।

नेकपा ओली समूहका नेता सुवास नेम्वाङले प्रधानमन्त्री ओली आज अदालत जान लागेको जानकारी नेपालखबरलाई दिएका हुन्।

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘बाजे वकिल’ तथा संसद् विघटनविरुद्ध भइरहेको बहसलाई ‘तमासा’ भनेका कारण प्रधानमन्त्रीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको हो।

गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री र चार पूर्व प्रधानन्यायधाीश तथा पूर्वसभामुख दमनानाथ ढुंगानालाई आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो।

बाटोको म्याद हेक एक साताभित्र उपस्थित हुन भने पनि अदालतले प्रधानमन्त्री निवासमा मंगलबार मात्र म्याद तामेल गरेको थियो।

चार पूर्व प्रधानन्यायाधीशले भने सोमबार अदालत उपस्थित भएर लिखित जवाफ पेस गरिसकेका छन्।

याे पनि :  

अवहेलना मुद्दाको लिखित जवाफ बोकेर सर्वोच्च पुगे चार पूर्वप्रधानन्यायाधीश (जवाफकाे पूर्णपाठ)

चोलेन्द्रशमशेरले पक्कै पढे होलान् त्यो जवाफ, ओलीले पनि पढून्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .