ad ad

राजनीति


ओलीको सभामा सहभागी हुन राजावादीहरुलाई उर्दी : सुरेन्द्र पाण्डे

ओलीको सभामा सहभागी हुन राजावादीहरुलाई उर्दी : सुरेन्द्र पाण्डे

नेपालखबर
माघ १८, २०७७ आइतबार ७:२०,

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले माघ २३ गते काठमाडौंमा आयोजना गर्न लागेको सभामा राजावादीहरुले समेत उपस्थितिका लागि उर्दी जारी गरेको नेकपा नेता सुरेन्द्र पाण्डेले बताएका छन्।

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेतृत्व गरेको नेकपाका नेता पाण्डेले आइतबार माइतीघरमा आयोजित धर्ना कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन्।

‘म सुन्दैछु, ओली पक्षले २३ गते गर्न लागेको कार्यक्रममा सबै राजावादी उपस्थिति हुनु भनी पूर्वराजावादी नेताहरुले उर्दी जारी गरेका छन् रे,’ पाण्डेले भने।

उनले सारा प्रतिक्रियावादी शक्तिहरुले अहिले ओलीलाई साथ सहयोग दिइरहेको बताए।

त्यसैगरी पाण्डेले ओली पछिल्लो समय मन्दिर मन्दिरमा उनको दौडधूप र गतिबिधि हेर्दा उनी अब कम्युनिष्ट नेता नरहेको बताए।

प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलन जारी राखेको प्रचण्ड–नेपाल पक्षले घोषणा गरेको नयाँ आन्दोलनका कार्यक्रम अन्तर्गत विघटित प्रतिनिधि सभाका सांसद, तत्कालीन संविधान सभा र प्रदेश सभाका सांसद सहितका नेताहरुको माइतिघरमा धर्ना कार्यक्रम राखेको हो।

PamphaBhusal Bhasan Magh19

माघ २१ गतेसम्म धर्ना गर्ने कार्यक्रम राखिएको भए पनि सो धर्ना कार्यक्रमलाई आज आइतबारको कार्यक्रमबाटै टुंग्याइएको घोषणा गरिएको छ।

धर्नामा बोल्दै नेकपा स्थायी समिति सदस्य पम्फा भुसालले बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध प्रदेश सभामा दर्ता गरिएको अविश्वास प्रस्ताव अघि बढाउनुपर्ने लगायतका अन्य कार्यक्रमहरुका कारण धर्नालाई आजैबाट टुंग्याइएको बताइन्।

यो पनि: 
धर्मका कुरा गरेर जनता अल्मल्याउने ओलीको कुचेष्टाः सुरेन्द्र पाण्डे

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .