ad ad

राजनीति


संसद् बैठकमा गरिएको आक्रमण भयावह, निन्दनीय र अमेरिकाकाे नीतिविपरीत : ह्वाइट हाउस

संसद् बैठकमा गरिएको आक्रमण भयावह, निन्दनीय र अमेरिकाकाे नीतिविपरीत  : ह्वाइट हाउस

नेपालखबर
पुस २४, २०७७ शुक्रबार ०:३६,

अमेरिकाको संसद् भवन (क्यापिटल हिल) भित्र भएको सांघातिक हमलाविरुद्ध त्यहाँकाे राष्ट्रपतिको कार्यालय (ह्वाइट हाउस) ले कडा निन्दा गरेको छ।

गत बुधबार जो बाइडेनको (राष्ट्रपतीय निर्वाचन) जितलाई प्रमाणित गर्ने विषयमा संसद् बैठक चलिरहेकै बेला राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले हतियारसहित आक्रमण गरेका थिए। त्यस क्रममा केही व्यक्तिको मृत्युसमेत भएको छ।

घटना ‘भयावह, निन्दनीय र अमेरिकाको नीतिविपरीत’ भएकाे भन्दै ह्वाइट हाउसकी प्रेस सेक्रेटरी केली म्याकएनीले भर्त्सना गरेकी हुन्।

बीबीसीका अनुसार उनले भनेकी छन्, ‘म पूरै ह्वाइट हाउसका तर्फबाट उक्त घटनाको कडा निन्दा गर्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .