ad ad

राजनीति


प्रचण्ड–नेपाल पक्षको स्थायी समिति बैठक : आन्दोलनका कार्यक्रम र जिम्मेवारी बाँडफाटबारे छलफल

प्रचण्ड–नेपाल पक्षको स्थायी समिति बैठक : आन्दोलनका कार्यक्रम र जिम्मेवारी बाँडफाटबारे छलफल

नेपालखबर
पुस २०, २०७७ सोमबार ८:२,

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको स्थायी समिति बैठक सुरु भएको छ।

पार्टी विधानअनुसार आलोपालो बैठकको अध्यक्षता गर्ने निर्णयअनुसार अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा सो बैठक बसेको हो।

पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको सो बैठकमा प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनको कार्यक्रम र पार्टी विभाजनपछिको जिम्मेवारी बाँडफाटलगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन्।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि आजै भारतको मुम्बई गएका कारण बैठकमा उनी उपस्थित छैनन्।

आइतबार बसेको स्थायी समिति बैठकले पार्टी एकीकरणका बाँकी कामका सम्बन्धमा र विभाजनपछि नेताहरुको जिम्मेवारी तोक्ने विषयमा निर्णय गर्नका लागि अध्यक्ष नेपालकै नेतृत्वमा १० सदस्यीय कार्यदल गठन गरेको थियो।

त्यसैगरी सो बैठकले आन्दोलनका कार्यक्रमबारे विभिन्न पक्षसँग छलफल गर्नका लागि नेताहरुलाई जिम्मेवारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .