ad ad

राजनीति


खाद्यवस्तुको गुणस्तर परीक्षण र नियमन कार्यलाई अभियानकै रुपमा अगाडि बढाऔँ : मन्त्री अर्याल

खाद्यवस्तुको गुणस्तर परीक्षण र नियमन कार्यलाई अभियानकै रुपमा अगाडि बढाऔँ : मन्त्री अर्याल

नेपालखबर
पुस १५, २०७७ बुधबार ९:०,

कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन निरीक्षण गरेकी छन्।

बुधबार बिहान विभागमा पुगेकी मन्त्री अर्याललाई विभागका महानिर्देशक उपेन्द्र रायले विभागको ‘ब्रिफिङ’ गरेका थिए।

नवनियुक्त मन्त्री अर्यालले मन्त्रालय अन्तर्गतका मातहत निकायहरुको ब्रिफिङ लिन सुरु गरेकी हुन। त्यस अवसरमा बोल्दै मन्त्री अर्यालले मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयहरुको अनुगमन गर्ने निकाय भएकाले विभागसँग स्वस्थ जीवनलाई प्रभाव पार्ने कार्यको जिम्मेवारी रहेको बताइन्।

खाद्यवस्तुको गुणस्तर परीक्षण र नियमन कार्यलाई अभियानकै रुपमा अगाडि बढाउनुपर्ने मन्त्री अर्यालको भनाइ छ। ‘अहिलेको अनुगमन, निरीक्षण, ल्याब टेस्टको कार्यले मात्र पुग्दैन। अब घुम्ती टोलीमार्फत नियमित रुपमा अनुमन कार्यलाई अभियानकै रुपमा अगाडि बढाउनुपर्छ’, मन्त्री अर्यालले भनिन्, ‘तपाईंहरु योजनासहित अगाडि बढ्नुस्। यसलाई अभियानकै रुपमा हामीले अगाडि बढाउनुपर्छ।’

मन्त्री अर्यालले क्षमता विकास तथा सेवा केन्द्रहरु थप्नुपर्ने आवश्यकता भएमा त्योसहितका योजना बनाउनसमेत कर्मचारीहरुलाई निर्देशन दिए। नीति, नियम, ऐनहरु निर्माण गर्नुपर्ने क्षेत्रमा केही अपडेट गर्नुपर्ने भएमा त्यसमा समेत छलफल अगाडि बढाउन उनले आग्रह गरिन्। प्रबद्र्धनात्मक कार्यमा आवश्यक पर्ने कार्यमा ध्यान दिनसमेत मन्त्री अर्यालले आग्रह गरिन्।

उनले आजसम्म भएका कार्यहरुको प्रशंसा गर्दै यसलाई अझ बढाउन आवश्यक रहेको प्रष्ट्याइन्। ‘उपलब्ध स्रोतसाधनले जति कार्य गर्नुभएको छ, त्यो राम्रो छ तर अब यतिले मात्र हाम्रो आवश्यकता पुरा हुँदैन, यसलाई बढाउनुपर्छ’, कर्मचारीलाई निर्देशन दिँदै मन्त्री अर्यालले भनिन्, ‘आजभन्दा भोलि कसरी अझ राम्रो गर्ने भन्ने ढंगले तपाईंहरु अगाडि बढ्नुस्।’

मन्त्री अर्यालले राम्रो काम गर्नका निम्ति कसैसँग नडराउन पनि निर्देशन दिइन्। ‘राम्रो काम गर्न डराउनुपर्दैन। डराउने भनेको नराम्रो काम गर्नका निम्ति हो’, उनले भनिन्, ‘थप उर्जा, जोशजाँगरका साथ यो गतिलाई अगाडि बढाउनुस्।’

भन्सार क्षेत्रमा प्रभावकारिता बढाउने गरी काम गर्नुपर्ने भन्दै उनले ‘आलीदेखि थालीसम्म, गोठदेखि ओठसम्म’ पुग्नेगरी अभियानमुखी कार्यक्रम अगाडि बढाउनुपर्ने बताइन्।

त्यस अवसरमा बोल्दै मन्त्रालयका कृषि सचिव डा.योगेन्द्रकुमार कार्की, पशुपंक्षी सचिव डा.प्रेमनारायण कँडेलले खाद्य स्वच्छता कायय गर्न सबैले विशेष ध्यान दिएर अगाडी बढ्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .