ad ad

राजनीति


सुरक्षा र कुटनीतिमा विज्ञ सुसन राइसलाई आन्तरिक मामिला सल्लाहकार बनाए वाइडेनले

सुरक्षा र कुटनीतिमा विज्ञ सुसन राइसलाई आन्तरिक मामिला सल्लाहकार बनाए वाइडेनले

नेपालखबर
मंसिर २६, २०७७ शुक्रबार ८:५६,

अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित जो वाइडेनले पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार सुसन राइसलाई आन्तरिक नीति सल्लाहकारका रुपमा चयन गरेका छन्।

विदेश नीतिकाे विज्ञ मानिने राइसलाई वाइडेनले भने आन्तरिक मामिलासम्बन्धी नीतिगत विषय हेर्ने जिम्मेवारी दिएका हुन्।

वाइडेनले राइसलगायत अहिलेसम्म गरेका नियुक्तिबाट उनले व्यवस्थापकीय अनुभव र विविधतामुलक प्रतिनिधित्वलाई प्राथमिकता दिएको देखिन्छ।

जसरी तत्कालीन राष्ट्रपति बाराक ओबामाले लामो अनुभव र प्रतिबद्धताको सम्मान गर्दै उनलाई उपराष्ट्रपतिको जिम्मेवारी दिएका थिए, वाइडेनले पनि ठीक त्यसैगरी लामो प्रतिबद्धता र अनुभव भएका व्यक्तिलाई बढि प्राथमिकता दिएका छन्।

विदेश मामिलामा दिग्गज मानिने ५६–वर्षीया राइसलाई आन्तरिक मामिलाको सल्लाहकार र आन्तरिक नीति परिषद्को डाइरेक्टरको जिम्मेवारी दिने वाइडेनको कदमले धेरैलाई आश्चर्यचकित पारेको छ।

ओबामाको राष्ट्रिय सुरक्षा सल्लाहकारबाहेक संयुक्त राष्ट्रसंघमा अमेरिकाको राजदूतको रुपमा पनि काम गरेकी उनी वाइडेनकाे टिममा उपराष्ट्रपति पदका लागि पनि आकांक्षी थिइन्। उनलाई वाइडेनको सरकारमा संभावित विदेशमन्त्रीको रुपमा पनि हेरिएको थियो।

वाइडेनका संक्रमणकालीन प्रवक्ता सिन स्याभेटले वाइडेनको चयनका प्राथमिकता ‘प्रगतिशील सोँच, संकटकाे परीक्षण र अनुभव’ लाई लिइएको बताए।

त्यसैगरी सरकारको क्षमतालाई तुरुन्त प्रयोग गरेर अमेरिकी जनताको जीवनमा अर्थपूर्ण परिवर्तन ल्याउनसक्ने क्षमता भएका व्यक्ति चयनमा परेको उनले बताए। –रोयटर्स

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .