चिनियाँ विदेशमन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार अमेरिकी कुटनीतिक पासपोर्टधारी कुटनीतिज्ञ र कँग्रेसका सदस्यहरु जसलाई हङकङ र मकाउमा भिसा छुटको व्यवस्था थियो, उक्त व्यवस्था रद्द गरिएको छ।
हालै अमेरिकाले चीनका १४ सांसदहरुमाथि अमेरिका प्रवेशमा प्रतिबन्धको घोषणा गरेपछि चीनले पनि अमेरिकी कुटनीतिज्ञ तथा कँग्रेसका सदस्यहरुमाथि प्रतिबन्ध लगाएको हो।
अमेरिकाले हङकङको स्वतन्त्रता खोस्ने कार्य गरेको भन्दै चिनियाँ सांसदहरुमाथि प्रतिबन्ध लगाएको थियो।
चिनियाँ विदेशमन्त्रालयकी प्रवक्ता हुवा चुनयिङ भन्छिन्,‘हङकङको विषयमा हस्तक्षेपकारी भूमिका खेल्नेहरुविरुद्ध चीनले कदम चाल्ने निर्णय लिएको छ।’
उनले अमेरिकी कँग्रेसका सदस्य र कुटनीतिज्ञ प्रतिबन्धमा परेको बताएपनि उनीहरुको नाम उल्लेख गरिनन्।
यो पनिः चीनले आफ्नो सांसदमाथिको प्रतिबन्धको विषयमा अमेरिकी कुटनीतिज्ञलाई स्पष्टीकरण सोध्यो
प्रतिक्रिया