अमेरिकाको डिरेक्टर अफ नेसनल इन्टलिजेन्सका अधिकारी विलियन इभानिनाका अनुसार चिनियाँ एजेन्टहरु यतिबेला बाइडेनको टोलीसँग नजिकिन खोजिरहेको छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा बिग्रिएको सम्बन्ध सुधारको लागि चीनले बाइडेनसँग नजिकिन खोजेको अनुमान गरिएको छ।
बुधबार भिडियो छलफलका क्रममा डिरेक्टर अफ नेसनल इन्टलिजेन्सका काउन्टर–इन्टलिजेन्स ब्रान्चका प्रमुख रहेका इभानिनाले चीनले अमेरिकाले जारी राखेको कोरोना खोप अनुसन्धानमा सघाउने प्रस्ताव गरेको थियो।
चीनले हालै सम्पन्न अमेरिकी चुनावमा पनि बाइडेनको टोलीसँग मध्यस्थता गर्ने चाहना व्यक्त गरेको बताइएको छ।
ट्रम्पको कार्यकालमा चीन र अमेरिकाबीच व्यापार युद्ध सुरुवात भएको थियो। ट्रम्पले अमेरिकामा चिनियाँ प्रविधि सामग्रीमा प्रतिबन्ध नै लगाएका छन् भने चीनले कोरोना भाइरसको खतरालाई लुकाएका कारण यो रोग विश्वव्यापी बनेको ट्रम्पको भनाइ छ।
साथै विभिन्न विषयमा ट्रम्प चीनसँग आक्रमक रुपमा प्रस्तुत हुँदै आएका छन्। यसबीचमा बाइडेन राष्ट्रपति बन्ने निश्चित भएपछि चीन बाइडेनलाई खुशी बनाउने प्रयासमा लागि परेको बताइन्छ।
यद्यपी बाइडेनसमेत चीनप्रति अक्रमक हुने अनुमान छ। किनभने चुनावी अभियानका क्रममा बाइडेनले चीनको खुलेरै चर्को आलोचना गरेका थिए। एजेन्सी
Shares
प्रतिक्रिया