ad ad

राजनीति


पुलिसको डण्डाबाट पेलिएको मेरो करङ हिजोभन्दा आज बढी दुख्यो : रामचन्द्र पौडेल

पुलिसको डण्डाबाट पेलिएको मेरो करङ हिजोभन्दा आज बढी दुख्यो : रामचन्द्र पौडेल

नेपालखबर
मंसिर १८, २०७७ बिहिबार ५:०,

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सात दशकको अथक प्रयासबाट पनि असली लोकतन्त्र साकार हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

बुधबार दिउँसो गृहजिल्ला तनहुँमा पुल उद्घाटनका क्रममा पक्राउ परेका नेता पौडेललाई प्रहरीले तीन घण्टा नियन्त्रणमा लिएर छाडेको थियो।

नेता पौडेलले बिहीबार बिहीबार सामाजिक सञ्जाल ट्विटरमार्फत गणतन्त्रमा पनि प्रहरीको पेलानबाट छुटकारा मिल्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका हुन्।

उनले आफूलाई पक्राउ गर्ने क्रममा प्रहरीको डण्डाबाट पेलिएको आफ्नो करङ दिउँसोभन्दा साँझ र साँझभन्दा आज बिहान अझै बढी दुखेको बताएका छन्।

‘पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउँसोभन्दा साँझ दुखेर आयो, हिजोभन्दा आज दुखाई बढी छ’, बिहीबार बिहान सामाजिक सञ्जाल ट्विटरमा नेता पौडेलले लेखेका छन्, ‘सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न सकेको छैन। असली लोकतन्त्र कहिले साकार हुने हो? मेरो चिन्ता यसैमा छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .