ad ad

राजनीति


वनमन्त्रीसँग अस्ट्रेलियन राजदूतले भने : रेडपाण्डा हेर्न फेरि नेपाल आउने ईच्छा छ

वनमन्त्रीसँग अस्ट्रेलियन राजदूतले भने : रेडपाण्डा हेर्न फेरि नेपाल आउने ईच्छा छ

नेपालखबर
भदौ २३, २०७७ मंगलबार ९:८,

नेपालका लागि अस्ट्रेलियन राजदूत पिटर बडले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग विदाई भेट गरेका छन्।

सिंहदरबारस्थित वन मन्त्रालयमा मंगलबार भएको भेटवार्तामा आपसी हितका साथै द्विपक्षीय सहयोगका विषयमा छलफल भएको थियो।

भेटमा मन्त्री बस्नेतले नेपाल र अस्ट्रेलियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको र दुई देशबीच सम्बन्ध समधुर रहेको भन्दै द्विपक्षीय सम्बन्धलाई अझै मजबूत बनाउनुपर्नेमा जोड दिए।

सामुदायिक वनको क्षेत्रमा अस्ट्रेलियाले गर्दै आएको सहयोगप्रति धन्यवाद दिँदै मन्त्री बस्नेतले आगामी दिनमा समेत वन र वातावरणको क्षेत्रमा सहकार्य जारी राख्ने धारणा व्यक्त गरे।

मन्त्री बस्नेतले कोभिड १९ को विश्वव्यापी महामहारीले संसारलाई नै चुनौती थपेको भन्दै यो महामारीविरुद्ध लड्न संयुक्त रुपमा सहकार्य आवश्यक रहेको बताए।

उनले राजदूत बडलाई नेपालमा रहँदा नेपाल–अस्ट्रेलिया सम्बन्ध मजबूत बनाउन पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि सफलताको शुभकामना व्यक्त गरे।

भेटमा राजदूत बडले ईसीमोडमा मन्त्री वस्नेतले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे। उनले दुई देशबीचको ६० वर्षको सहकार्यलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए।

राजदूत बडले लकडाउनको समयमा समेत अस्ट्रेलियामा केही उडानहरु भएको जानकारी दिँदै कोभिडपछि त्यसले व्यवसायिक उडानका रुपमा निरन्तरता पाउनेमा आफू आशावादी रहेको धारणा व्यक्त गरे।

अस्ट्रेलियन राजदूतले नेपालको प्रकृतिमा आधारित (नेचर वेस) पर्यटनको प्रंशसा गर्दै आगामी दिनमा समेत त्यसलाई सहयोग र प्रवद्र्धन गर्न आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गरे। उनले चितवन र बर्दियामा आफूले गरेको भ्रमणको सम्झना गर्दै आगामी दिनमा रेडपाण्डा हेर्न नेपाल आउने ईच्छासमेत व्यक्त गरे।

भेटमा कर्णाली प्रदेशमा कोभिड रिकभरी कार्यक्रम संचालन गर्ने विषयमा समेत छलफल भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .