ad ad

राजनीति


वामदेव गाैतमलाई सांसद सिफारिस गर्न भाेलि मन्त्रिपरिषद् बैठक

वामदेव गाैतमलाई सांसद सिफारिस गर्न भाेलि मन्त्रिपरिषद् बैठक

नेपालखबर
भदौ १८, २०७७ बिहिबार १३:७,

सत्तारुढ नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरी राष्ट्रपति विद्यादेवी भण्डारीलाई नियुक्तिका लागि सिफारिस गर्न शुक्रबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।

मन्त्रीपरिषद् बैठक शुक्रबार बिहान ११ बजे बस्ने तयारी छ।

बिहीबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने बताएका थिए।

२०७६ फागुन १४ गते बसेको पार्टी सचिवालय बैठकले गौतमलाई राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रियसभाको एक रिक्त पदमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो।

सोहि निर्णयका आधारमा गौतमलाई नियुक्तिका लागि सरकारले राष्ट्रपतिलाई सिफारिश गर्न लागेको प्रधानमन्त्रीले बैठकमा बताएका थिए।

‘गौतमलाई भोलि बस्ने क्याविकेट बैठकले राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रपतिको सिफारिस गर्नेछ,’ एक मन्त्रीले नेपालखबरसाग भने, ‘अब योसँगै मन्त्रीपरिषद् पुनगर्ठन प्रक्रिया पनि सुरु हुनेछ।’

राष्ट्रिय सभा रिक्त पदमा अर्थमन्त्री डा. युवराज खतिवडालाई नियुक्त नगरेपछि उनको थपिएको कार्यकाल पनि भदौ २० बाट सकिनेछ। सांसद नरहेको व्यक्ति ६ महिनाभन्दा बढि हुन नसक्ने संवैधानिक प्रावधानअनुसार अर्थमन्त्री पद भदौ २० देखि नै खालि हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .