दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाले कोरोना भाइरस महामारीका कारण लागू गरिएको सामाजिक दूरीको नियम उल्लंघन गरेका छन्। जसका कारण उनको आलोचना भएको छ।
दक्षिण अफ्रिकाको सरकारले मानिसहरुले एकअर्कासँग दुई मिटरको दूरी कायम गर्नुपर्ने नियम लागू गरेको छ।
तर, सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा उनी बाटोमा भेटिएका दुई महिलासँग सँगै उभिएर फोटो खिचाइरहेका देखिन्छन्।
ती दुई महिलाले उनलाई फोटो खिच्न आग्रह गर्छन्।
‘आउनुस्, पक्राउ पर्नुअघि नै फोटो खिचिहालौँ,’ रामाफोसा भन्छन्, ‘हुन त तपाईंसँग पक्राउ परे पनि केही छैन।’
While busy reading about #Trump’s psychotic rule this morning, I hear someone shouting outside my window..”Good morning Mr President, we love you!” @CyrilRamaphosa pic.twitter.com/UXAuPodAcC
— Nwabisa Makunga (@nwabisa_mak) May 17, 2020आइतबार सो भिडियो एक पत्रकारले ट्विटरमा पोस्ट गरेकी थिइन्। एजेन्सी
प्रतिक्रिया