ad ad

राजनीति


नेकपा सचिवालय बैठक : प्रधानमन्त्री बीचैमा बाहिरिए

नेकपा सचिवालय बैठक : प्रधानमन्त्री बीचैमा बाहिरिए

नेपालखबर
बैशाख २४, २०७७ बुधबार ११:३६,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा जारी रहेकै समयमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली बैठकबाट बाहिरिएका छन्।

बुधबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको सचिवालय बैठकमा एक व्यक्ति एक पदका विषयमा विवाद भएपछि प्रधानमन्त्री ओली बैठकबाट बाहिरिएको स्रोतले बतायो।

‘सचिवालय बैठक चलिरहेकै समयमा प्रधानमन्त्री बीचमै उठेर हिड्नुभएको छ, उहाँ उठेर हिँडे पनि बैठक भने जारी छ, अन्य नेताहरु भित्रै हुनुहुन्छ’ सचिवालय स्रोतले नेपालखबरसँग भन्यो।

बिहीबार (भोलि) बस्ने स्थायी कमिटी बैठकका एजेन्डा तय गर्न सचिवालयको बैठक बसेको हो।

Image may contain: people sitting, living room, table and indoor

गत शनिबार बसेको सचिवालय बैठकले पार्टीभित्र देखिएको विवाद समाधानका लागि एक व्यक्ति एक जिम्मेवारीमा सहमति गरेको थियो।

उक्त बैठकमा एक व्यक्ति एक मुख्य जिम्मेवारीमा सहमत भई कमजोरीप्रति आत्मालोचनासमेत गरेका प्रधानमन्त्री ओलीले त्यसपछि भने सो सहमतिको विपक्षमा देखिँदै आएका थिए।

अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालसँग यसअघि भएका छुट्टाछुट्टै भेटमा पनि प्रधानमन्त्री ओलीले सो सहमति पालना नगर्ने संकेत गरिसकेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .