ad ad

राजनीति


सेनाद्वारा बाह्य आगन्तुकको प्रवेश निषेध

सेनाद्वारा बाह्य आगन्तुकको प्रवेश निषेध

नेपालखबर
चैत १२, २०७६ बुधबार ९:५३,

नेपाली सेनाले कोरोना भाइरसको सम्भावित संक्रममणको जोखिमलाई मध्यनजर गरी जनसम्पर्क तथा सूचना निर्देशनालयको कार्यालयमा अर्को सूचना प्रकाशित नभएसम्म गैरसैनिक तथा अन्य कार्यालयका आगन्तुकको प्रवेशमा निषेध गरेको छ।

हाल विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसलगायत नेपाली सेनाको अन्य विविध गतिविधि प्रेस विज्ञप्तिमार्फत जानकारी गराइने निर्देशनालयले जनाएको छ।

साथै अन्य जानकारी तथा विवरणहरुका लागि निर्देशनालयको टेलिफोनमार्फत प्राप्त गर्न हुन सञ्चारकर्मीलगायत सबैमा अनुरोध गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .