ad ad

राजनीति


कोरोनाका कारण स्पेनमा संकटकाल

कोरोनाका कारण स्पेनमा संकटकाल

नेपालखबर
फागुन ३०, २०७६ शुक्रबार १५:१,

कोरोना भाइरसको महामारी फैलिएपछि स्पेनले संकटकाल घोषणा गरेको छ।

प्रधानमन्त्री पेड्रो साञ्चेजले संकटकाल घोषणा गरेका हुन्। उनले शनिबार दिउँसो क्याबिनेट बैठक बसेर १५ दिनका लागि संकटकालको निर्णय हुने बताए।

स्पेनमा कोरोनाबाट १ सय २० जनाको ज्यान गइसकेको छ। संक्रमित हुनेको संख्या ४ हजार २ सय नाघेको छ।

संकटकालीन अवस्थामा सरकारदले नागरिक र वाहनको आवतजावतमा रोक लगाउन, कारखाना, व्यवसाय बन्द गर्न र आधारभूत आवश्यकताका सामग्री खटनपटन गर्न सक्छ।

स्पेन इटलीपछि युरोपको सबैभन्दा बढी प्रभावित मुलुक हो।

इटलीमा हाल मृत्यु हुनेको संख्या एक हजार नाघिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .