ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोलाई कोरोना भाइरसको संक्रमण भएको त्यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
बिहीबार मात्रै बोल्सोनारोका प्रेस सेक्रेटरी फाबियो वेनगार्टेनलाई भाइरसको संक्रमण भएको थियो।
प्रेस सेक्रेटरी संक्रमित भएपछि राष्ट्रपति बोल्सोनारोको स्वास्थ्य निगरानी गर्न थालिएको थियो।
परीक्षणमा कोरोना पोजिटिभ देखिएपनि बोल्सोनारोमा कुनै लक्षण नदेखिएको बताइएको छ।
गत शनिबार राति मात्रै बोल्सोनारो अमेरिका भ्रमणमा थिए। त्यहाँ उनले मार ए लागोमा बोल्सोनारोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग डिनर गरेका थिए। एजेन्सी
प्रतिक्रिया