ad ad

राजनीति


सुस्तामा विद्युत पुग्नुले समग्र विकासको ढोका खोलेको छ : सांसद चौधरी

सुस्तामा विद्युत पुग्नुले समग्र विकासको ढोका खोलेको छ : सांसद चौधरी

नेपालखबर
असोज १०, २०८१ बिहिबार २१:५७, काठमाडौँ

नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले जनता आवास र जनता सुरक्षा आवासका नाममा दिइने रकम पहाडी क्षेत्रका लागि दिनुपर्ने बताएका छन्।

जनता आवास र जनता सुरक्षा आवासका नाममा दिइने रकम तराईका क्षेत्रहरूका लागि नभइ पहाडी क्षेत्रका लागि विनियोजन भएको भन्दै पहाडलाई दिनुपर्ने बताएका हुन्।

सरकारले सो रकम तराईमा ५० हजारदेखि दुई लाखसम्म दिने गरेको उनले उल्लेख गरे। सांसद चौधरीले सुस्तामा बिजुली बत्ती पुग्नुले समग्र विकासको ढोका खुलेको बताए। 

सुस्तामा झोलुङ्गे पुल प्रयोग गरी विद्युतीय लाइन समेत लगिएको छ। 

उनले नेपालसँग भौतिक रुपले जोड्ने मात्रै नभइ आर्थिक रुपले जोड्ने ढोका खोलेको पनि बताए।

‘हरेक वर्ष जनता आवास र जनता सुरक्षा आवासका नाममा तराईका क्षेत्रहरुमा गरिने विनिमय बजेटहरू ५० हजार, दुई लाख दिनेकुरा पहाडका लागि तर्जुमा गरिएको योजना हो। हरेक वर्ष त्यो ल्याप्स हुने गर्दछ,’ चौधरीले भने।

सांसद चौधरीले सुरजपुरा जलविद्युत आयोजना १५ मेगावाट क्षमताको भएपनि साढे ३ मेगावाट भन्दा बढी क्षमतामा नचलेकोप्रति सरकारको ध्यानाकर्षण गराए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .