ad ad

राजनीति


मालवाहक रेल्वे सेवाका लागि भारतसँग सम्झौता गर्नुपर्ने छ : मन्त्री दाहाल

मालवाहक रेल्वे सेवाका लागि भारतसँग सम्झौता गर्नुपर्ने छ : मन्त्री दाहाल

नेपालखबर
असोज १०, २०८१ बिहिबार १४:१७, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रेल्वे सेवा विकासका लागि सरकार व्यवस्थित रुपमा अघि बढेको बताएका छन्।

बिहीबार जनकपुर—जयनगर रेल्वे सेवाको निरीक्षणका क्रममा उनले रेल्वे सेवालाई व्यवस्थित गर्नका लागि स्टेशनहरूको स्थलगत निरीक्षणमा आएको बताए। 

‘रेल्वे सञ्जालको विकासका लागि हामी व्यवस्थित ढंगले अघि बढ्ने सोचेका छौँ। त्यस सन्दर्भमा हामी विभिन्न सडकहरुको आयोजनाहरुको स्थलगत निरीक्षण गर्नुका साथै रेल्वे स्टेशनहरूको अवस्थाको बारेमा जानकारी लिनका लागि र रेल चढेर नै इन्जोय गर्ने। जनकपुरबाट जयनगरसम्म जाने भनेर यहाँ रेल पनि चढ्ने भनेर आएका छौँ,’ मन्त्री दाहालले भने।

बर्दिवाससम्मको सञ्जाललाई तुरुन्तै निर्माण गर्ने र बर्दिवासदेखि निजगढसम्मको रेल्वे सञ्जाललाई बिस्तार गरी फास्टट्रयाकसँग काठमाडौँलाई जोड्ने गरी तयारी गरिरहेको उनले बताए। 

उनले सरकारले रेल्वे वासिङ सेन्टरको निर्माण गरिरहेको भन्दै वासिङ सेन्टरको निर्माणसँगै रेल्वे सञ्चालन घाटामा कमी आउने विश्वास व्यक्त पनि गरे। 

‘बर्दिवाससम्मको सञ्जाललाई तुरुन्तै निर्माण गर्ने र त्यहाँदेखि निजगढसम्मको रेल्वे सञ्जाललाई बिस्तार गर्ने र फास्टट्रयाकसँग काठमाडौँलाई जोड्ने गरी तयारी गरिरहेका छौँ। कसरी रेल्वे सञ्चालन गर्ने भन्नेबारेमा टनकपुरदेखि जयनगरसम्मको जुन सञ्चालन भइरहेको छ,’ उनले भने।

नेपालको ट्रेन पनि अयोध्यासम्म जाने र भारतको ट्रेन पनि जनकपुरसम्म ल्याउन दिने सोच नेपालको रहेको उनको भनाइ थियो।

‘मालवाहक ट्रेन कहिलेदेखि चल्ने भन्ने छ। यो सञ्चालनका लागि भारतसँग पनि केही सम्झौता गर्नुपर्ने छ। भारतसँग पनि हामीले सहयोग लिनुपर्ने भएको छ। भारत र नेपालबीचको सामानहरूको आदानप्रदानको कुरा भएको हुँदा भारतसँग पनि हामी केही विषयमा छलफल गर्छौँ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .