ad ad

राजनीति


उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी भएपछि रास्वपाको सचिवालय बैठक बस्दै

उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी भएपछि रास्वपाको सचिवालय बैठक बस्दै

फाइल तस्बिर


नेपालखबर
भदौ २६, २०८१ बुधबार ८:३५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्दै छ। 

बैठक अहिले बिहान ११ बजे सिंहदरबारमा बस्ने रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए। 

सत्तारुढ दलले रास्वपाको कोटाबाट उपसभामुख रहेकी इन्दिरा रानालाई पदबाट हटाउने तयारी गरिरहेका बेला रास्वपाले सचिवालय बैठक गरेर छलफल गर्न लागेको हो।

‘उपसभामुखबारे छलफल गर्छौँ र पार्टीको धारणा बनाउँछौँ’, झाले बैठकअघि नेपालखबरसँग भने। 

उपसभामुख राना रास्वपाकी समानुपातिक सांसद हुन्। 

सोमबार बसेको सत्तारूढ दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख राना मगरको पदीय मर्यादा आचरणयुक्त नदेखिएको दाबी गर्दै उनलाई हटाउनुपर्ने प्रस्ताव गरेपछि मार्गप्रशस्त गर्न आग्रह गर्ने र त्यसलाई अस्वीकार गरेमा उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने निर्णय भएको हो।

त्यसका लागि कांग्रेस र एमालेका सांसदहरूले प्रस्ताव दर्ताका लागि हस्ताक्षरसमेत संकलन गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .