ad ad

राजनीति


सहकारी प्रकरणमा उपसभापति गुरुङमाथि छानबिन हुन्छ : गगन थापा

सहकारी प्रकरणमा उपसभापति गुरुङमाथि छानबिन हुन्छ : गगन थापा

नेपालखबर
भदौ २५, २०८१ मंगलबार १९:५३, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी उपसभापति धनराज गुरुङको नाम सहकारीमा जोडिएको भन्दै निष्पक्ष छानबिन हुने बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले कांग्रेस पार्टीका विधान, परम्परा, निर्णयहरूले कुनैपनि प्रकरणमा कानून उल्लंघन गरेको भए उसले उन्मुक्ति पाउन नहुने बताए।

थापाले शक्तिशाली, सत्तासिन, नाता पर्ने जो कोही भएपनि आरोप प्रमाणित भए दण्ड व्यहोर्नुपर्ने दाबी गरे। संसदमा नै उपसभापति गुरुङले सो बारेमा आफूमाथि छानबिन गर्न आग्रह गरेको भन्दै संसदीय समिति बनाएर छानबिन गर्न झनै सहज भएको बताए।

उनले भने, ‘नेपाली कांग्रेस पार्टीका विधान, परम्परा, हाम्रा निर्णयहरूले त्यो कुरा स्पष्ट पारेको छ र त्यही स्पष्ट पारेको कुरालाई पटक पटक हामीले दोहोर्याएका छौँ भने कुनैपनि प्रकरणमा, विषयमा, काममा यदी कसैले कानून मिच्दछ, कानून उल्लंघन गर्छ, दण्डनीय काम गर्दछ भने दोषी छ भने दोषीले उन्मुक्ति पाउनु हुँदैन। चाहे त्यो शक्तिशाली, सत्तासिन, नाता पर्ने होस्, चाहे जोसुकै होस्।’

नाम जोडिएपछि छानबिनको दायरामा आउने थापाको भनाई थियो।

महामन्त्री थापाले पार्टीको विधानले नै अपराध गरेको भए दण्ड व्यहोर्नुपर्ने भनेकाले कांग्रेसका उपसभापतिको नाम सहकारीका विषयमा जोडिएर आएको बारेमा किन मौन बसेको भन्ने प्रश्न नै नहुने बताए।

उनले भने, ‘जहाँसम्म नेपाली कांग्रेसका उपसभापतिको नाम सहकारीका विषयमा जोडिएर आयो, उहाँ आफैंले यो प्रसंगमा आज संसदको बैठकबाट ममाथि प्रश्न उठेकाले अनुसन्धान होस् भन्नुभएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .