ad ad

राजनीति


म बीपीको छोरो, सजिलै चुनाव जित्छु, केही गर्नै पर्दैन : शशांक

‘अब पार्टी सभापतिमा उठ्नुपर्लाजस्तो छ’
म बीपीको छोरो, सजिलै चुनाव जित्छु, केही गर्नै पर्दैन : शशांक

नेपालखबर
भदौ २४, २०८१ सोमबार १९:५७, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आगामी महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने बताएका छन्।

सोमबार काठमाडौँमा विश्वेश्वरप्रसाद कोइरालाको १११ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसपटक पार्टी सभापतिमा उठ्ने बताएका हुन्।

बीपीको छोरो हुनेबित्तिकै आफूलाई हरेक कुरामा सबैभन्दा अगाडि सार्ने काम गरिएकोमा पनि उनले खुसी व्यक्त गरे। बीपीको छोरो भएकै कारण आफूले सहजै निर्वाचन जित्ने गरेको र अहिलेसम्म पाँचपटक जितिसकेको उनको भनाइ थियो। 

‘बीपीको छोरो हुनेबित्तिकै हरेक कुरामा सबैभन्दा अगाडि सारिदिन्छन् मानिसले। कति सजिलोसँग म चुनाव जित्छु, केही गर्नैपर्दैन,’ उनले भने, ‘पाँचचोटी त चुनाव जितेँ। त्यसैले यसपालि मलाई के लाग्यो भने अब सभापतिकै लागि लड्नुपर्लाजस्तो छ।’

असल मान्छे बन्न एकदम गाह्रो रहेको पनि उनले बताए।

‘मैले बीपीको बारेमा भन्दा उहाँ भन्नुहुन्थ्यो, ठूलो मान्छे होइन, असल मान्छे बन्नुपर्छ,’ शशांकको भनाइ थियो, ‘त्यो पनि एकदम गाह्रो रहेछ फेरि। असल बन्नु भनेको अत्यन्त गाह्रो हो। सबैको आदर, सम्मान गर्नुपर्छ। त्यो मबाट हुनै सक्दैनजस्तो लाग्छ। किनभने अरुमा त्रुटि देख्छु। त्यसलाई कोट्यायो भने अपमान हुन्छ, त्यो गर्नुहुँदैन। त्यसैले गाह्रो छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .