ad ad

राजनीति


कांग्रेसलाई बिग्रन दिँदैनौँ, फोहर सफा गर्छौँ : महामन्त्री थापा

कांग्रेसलाई बिग्रन दिँदैनौँ, फोहर सफा गर्छौँ : महामन्त्री थापा

नेपालखबर
भदौ २४, २०८१ सोमबार १९:३६, चितवन

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई बिग्रन नदिने बताएका छन्।

नेपाली कांग्रेस चितवनले सोमबार आयोजना गरेको ‘जननायक बीपी कोइरालाको १११औँ जन्मजयन्तीको अवसरमा विशेष सम्मान’ कार्यक्रममा उनले कांग्रेस सबैको घर भएको र यसलाई बिग्रन नदिने बताएका हुन्।

उनले भने, ‘घरमा केही फोहर देखिएको थियो, त्यसलाई सफा गर्छौँ। बिग्रन लागेको घर हामी समाल्छौँ।’

महामन्त्री थापाले पछिल्लो समयमा कांग्रेसले निर्वाचन जित्नका लागि मात्रै गठबन्धन गरेको र अब विचारको आधारमा अगाडि बढ्ने विश्वास दिलाए। निर्वाचन जित्नु र सरकार बनाउनुलाई प्राथमिकतामा नराखी कांग्रेसको विचारलाई गाउँगाउँसम्म पुर्‍याउन आवश्यक रहेकामा उनले जोड दिए।

अबका निर्वाचनमा कांग्रेसलाई एक्लै लड्न सक्ने गरी संगठनलाई सुदृढ बनाएर अघि बढ्नुपर्ने उनको भनाइ थियो। गठबन्धनको राजनीति राम्रो नभएको बुझेर नै केन्द्रीय समितिले निर्णय लिएको पनि उनको तर्क थियो।

उनले केन्द्रीय समितिको बैठकबाट कांग्रेस शुद्धीकरणको बाटोमा अघि बढेको दाबी समेत गरे।

कार्यक्रममा विभिन्न विधामा १ सय ७४ जना नेताहरूलाई सम्मान गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .