ad ad

राजनीति


हेर्दै जानोस् न, २१ गते शपथग्रहणमा भेट भइहाल्छ नि: अर्थमन्त्री खतिवडा

हेर्दै जानोस् न, २१ गते शपथग्रहणमा भेट भइहाल्छ नि: अर्थमन्त्री खतिवडा

नेपालखबर
फागुन १५, २०७६ बिहिबार १०:१८,

मन्त्री युवराज खतिवडाले संसद् र सरकारमा निरन्तरता पाउँछन् कि पाउँदैनन् भन्ने चर्चा भइरहेका बेला उनी स्वयंले २१ गतेका लागि तय भएको शपथग्रहणमा आफू पनि हुने बताएका छन्।

उनको राष्ट्रिय सभा सांसद पदको कार्यकाल आगामी २० गते पुरा हुन लाग्दा प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई निरन्तरता दिन चाहे पनि नेकपाका अन्य नेताहरु त्यसको विपक्षमा भएका कारण उनी सरकारमैं रहने वा नरहने अष्पष्ट छ।

‘हेर्दै जानुस् न, २१ गते सपथ ग्रहण छ। तपाईंहरुसँग त्यहिँ नै भेट भइहाल्छ नि, नभए कुराकानी भइ नै रहन्छ। अहिले यति नै,’ सञ्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका खतिवडाले बिहीबार नियमित पत्रकार सम्मेलनमा बताए।

सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने सिटबाट राष्ट्रिय सभा सांसद बनेका खतिवडाको चिट्ठा प्रणालीमा दुई वर्षे कार्यकाल परेको थियो, जुन फागुन २० गते सकिँदैछ।

सरकारले उनको ठाउँमा अरु कसैलाई राष्ट्रिय सभा सदस्य मनोनित गरेमा उनले मन्त्रीको रुपमा निरन्तरता पाउने छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .