ad ad

राजनीति


नेपालबाट थप २ लाख कामदार लैजान कुवेत सरकारसँग परराष्ट्रमन्त्री श्रेष्ठको आग्रह

नेपालबाट थप २ लाख कामदार लैजान कुवेत सरकारसँग परराष्ट्रमन्त्री श्रेष्ठको आग्रह

नेपालखबर
असार ११, २०८१ मंगलबार २०:३, काठमाडौँ

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले कुवेतले नेपालबाट थप दुई लाख कामदार लैजाने विषयमा छलफल भएको बताएका छन्।

मंगलवार एशिया कोअप्रेसन डायलग (एसीडी)को इरानको तेहरानमा भएको १९ औँ विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी भएर स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।

इरानको राजधानी तेहरानमा कुवेतका विदेशमन्त्री अब्दुल्ला अली अल–याह्याले थप दुई लाख नेपाली कामदार कुवेत लगिने जानकारी दिएको उनको भनाई छ।

उनले कुवेतमा अहिले एक लाख नेपाली रहेको र अब तीन लाख पुर्‍याउने लक्ष्य कुवेतको रहेको जानकारी दिएको बताए। मन्त्री श्रेष्ठले कुवेतका विदेशमन्त्री अब्दुल्लाले यसैवर्ष काठमाडौंमा कुवेतले दूतावास खोल्ने जानकारी दिएको बताए।

मन्त्री श्रेष्ठले भने, ‘कुवेतमा १ लाख नेपाली श्रमिक रहेकोमा अब ३ लाख पुर्‍याउने सहमति भएको छ। यही वर्ष काठमाडौंमा कुवेतले राजदूतावास खोल्ने जानकारी गराउनुभएको छ।’

परराष्ट्रमन्त्री श्रेष्ठले भ्रमणको क्रममा इरानका कार्यवाहक परराष्ट्र मन्त्री,म्यानमारका उपप्रधान तथा विदेश मन्त्री, बहराइनका विदेश मन्त्री,कुवेतका विदेश राज्यमन्त्री,साउदी अरेवियाका उपविदेश मन्त्री र रुसका उपविदेश मन्त्रीसँग दुई पक्षीय भेटघाट गरी दुई पक्षबीच सहकार्य र हितका विषयमा समेत छलफल भएको जानकारी दिए।

उनले रुसको उपविदेश मन्त्रीसँगको भेटमा रुसी सेनामा भएका नेपाली सैनिकहरु नेपालमा फिर्ता गर्ने सम्बन्धमा पनि छलफल भएको बताए। उनले नेपाली नागरिक फिर्ता पठाउने विषयमा सहमत भएपनि कार्यविधि बनाउन बाँकी रहेको जानकारी दिएको उल्लेख गरे।

उनले भने, ‘रुसको उपविदेश मन्त्रीसँगको भेटमा रुसी सेनामा भएका नेपाली सैनिकहरु नेपालमा फिर्ता गर्ने सम्बन्धमा भयो। नेपाली नागरिकहरु रुसी सेनामा सहभागि हुँदा युक्रेन युद्धमा जीवन गुमेको र घाइते भएको कति नेपालीहरु रुसी सेनामा सहभागि भएको यकिन डाटा नभएको सन्र्दभमा नेपाल सरकारले सम्झौता भएका भन्दा बाहेकका देशहरुको सेनामा भर्ती भएर सेवा गर्ने अनुमति दिएको छैन। सेना फिर्ता गराउने कुरामा सहमति जनाउनुभएको छ तर मोडालिटीको बारेमा काम गर्न बाँकी रहेको भन्नुभएको छ।’

उनले सात जनाको क्षतिपूर्तिको व्यवस्था गर्ने प्रक्रिया अघि बढेको पनि जानकारी दिए।

उनले नेपाली नागरिकहरु रुसी सेनामा सहभागि हुँदा युक्रेन युद्धमा जीवन गुमेको र घाइते भएको कति नेपालीहरु रुसी सेनामा सहभागि भएको भन्ने यकिन तथ्यांक नभएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .