ad ad

राजनीति


माधव नेपालले भने– बुढानीलकण्ठको बैठकले कोही आत्तिनु पर्दैन

माधव नेपालले भने– बुढानीलकण्ठको बैठकले कोही आत्तिनु पर्दैन

नेपालखबर
जेठ २०, २०८१ आइतबार १४:२५, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले विपक्षी गठबन्धनमा आफ्नो पार्टी सहभागी हुँदा कोही आत्तिनुपर्ने अवस्था नभएको जिकिर गरेका छन्। 

आइतबार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले मधेस प्रदेश सरकारले २३ गतेभित्र विश्वासको मत लिनुपर्ने भएकाले त्यसबारे छलफल भइरहेको बताए। 

‘एउटा बैठकको आयोजना भएको हो, हामी महत्त्वपूर्ण घटक भएको कारणले हामीसँग पनि छलफल भएको हो,’ अध्यक्ष नेपालले भने, ‘सबैले नेताहरूसँग सम्पर्क गर्न पाउँछन्, अनर्गल रुपमा कसैले आत्तिन पर्ने अवस्था छैन।’

साथै, उनले प्रधानमन्त्री प्रचण्डले विपक्षी गठबन्धनसँग फाइनल कमिटमेन्ट नगर्न आग्रह गरेको पनि सुनाए। 

‘मैले प्रधानमन्त्रीलाई असहमझदारी नहोस् भनेर फोन गरेको थिएँ, उहाँले सम्पर्क सम्बन्ध राख्नैपर्छ, तर कमिटमेन्ट चाहिँ फाइनल नगर्नुहोला भन्नुभयो,’ नेपालले भने। 

विश्वास र समझदारीबाटै अघि बढ्नुपर्ने उनले बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .