ad ad

राजनीति


नेमकिपाले प्रचण्डलाई विश्वासको मत नदिने

नेमकिपाले प्रचण्डलाई विश्वासको मत नदिने

फाइल तस्बिर


नेपालखबर
फागुन ३०, २०८० बुधबार १३:३६, काठमाडौँ

नारायणमा बिजुक्छें (रोहित) नेतृत्वको नेपाल मजदुर किसान पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ।

रोहितको अध्यक्षतामा बुधबार बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले यस्तो निर्णय गरेको हो। 

'प्रधानमन्त्री व्यक्तिको इच्छाभन्दा पनि पार्टीको दृष्टिकोण हो। राष्ट्रिय र अन्तराष्ट्रिय विषयमा प्रधानमन्त्री दाहाललाई समर्थन गरेका शासक दलहरू- एमाले, माओवादी, रास्वपा, जसपा, नेकपा (एस) लगायतको नीति एवम् दृष्टिकोणमा तात्विक भिन्नता छैन', नेमकिपाका सचिव प्रेम सुवालले भनेका छन्, 'यसकारण प्रधानमन्त्री दाहाललाई पार्टीले विश्वासको मत नदिने निर्णय गर्यो‍।'
 

प्रतिनिधि सभामा नेमकिपाका एकजना सांसद छन्। सचिव सुवालले नै प्रतिनिधि सभामा नेमकिपाको प्रतिनिधित्व गर्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .