जनता समाजवादी पार्टी (जसपा) पनि नयाँ गठबन्धनको सरकारमा सहभागी भएको छ।
पार्टी अध्यक्ष उपेन्द्र यादवसहित दुई मन्त्रीले आइतबार मन्त्रीको शपथ लिएका हुन्।
यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त भएका छन्। नवलकिशोर शाह वन तथा वातावरणमन्त्री नियुक्त भएका छन्।
एमाले, माओवादी, रास्वपा, जसपा र नेकपा एकीकृत समाजावादी मिलेर बनेको नयाँ गठबन्धन सरकारमा अध्यक्ष उपेन्द्र यादव आफैँ सहभागी भएका हुन्।
गत सोमबार नयाँ सत्ता गठबन्धन बनेसँगै बिहीबार पुनर्गठन भएको मन्त्रिपरिषदमा जसपाले मन्त्री पठाएको थिएन।
नयाँ गठबन्धनमा जसपालाई दुई मन्त्री र एक राज्यमन्त्री दिन सहमति भएकाे छ। जसपाले नेता दीपक कार्कीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने निर्णय गरेकाे छ।
120
Shares
प्रतिक्रिया