ad ad

राजनीति


मोहन वैद्यका कार्यकर्ताले दले गाउँपालिका कर्मचारीलाई मोसो

मोहन वैद्यका कार्यकर्ताले दले गाउँपालिका कर्मचारीलाई मोसो

नेपालखबर
फागुन १६, २०८० बुधबार १९:५९, काठमाडौँ

मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीका कार्यकर्ताले कर्मचारीलाई विभिन्न आरोपमा दुर्व्यवहारलाई निरन्तरता दिएका छन्।

उनीहरूले पछिल्लो पटक बर्दियाको बढैयाताल गाउँपालिकास्थित शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ढकाललाई मोसो दलेका छन्।

मोहन वैद्यनिकट अखिल क्रान्तिकारीका कार्यकर्ताले ढकाललाई मोसो दलेर दुर्व्यवहार गरेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताए।

बुधबार बिहान कार्यालय गइरहेको सामयमा बाटोमा रोकेर ढकाललाई मोसो दलिएको जानकारी सुवेदीले बताए। 

यस घटनाले कर्मचारीहरू त्रसित भएको भन्दै प्रशासकीय अधिकृत सुवेदीले कार्यस्थलमा सुरक्षाको प्रत्याभूतिसँगै दोषीलाई कारबाही माग गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .