ad ad

राजनीति


एमाले बागमती अधिवेशन अपडेट : १ सय बढी मत खस्न बाँकी

एमाले बागमती अधिवेशन अपडेट : १ सय बढी मत खस्न बाँकी

नेपालखबर
असोज १२, २०८० शुक्रबार १९:३१, काठमाडौँ

नेकपा एमालेको बागमती प्रदेश अधिवेशनको मतदान जारी छ। गत असोज ८ गते सुरु भएको अधिवेशनको मतदान प्रक्रिया अन्तर्गत साँझ ७ बजेसम्म ९ सय ८६ मत खसेको छ। 

एमाले बागमतीमा ११६७ जना मतदाता रहेका छन्। अब १ सय बढी मत खस्न बाँकी छ।

एमाले बागमती इन्चार्ज गुरु बरालका अनुसार प्रदेश अधिवेशनले नेतृत्व चयनका क्रममा १६२ स्थानमा निर्विरोध गर्न सफल भएको छ।

निर्विरोध हुन नसकेका बाँकी स्थानमा विद्युतीय भोटिङ मेशिनबाट ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनामा धमाधम मतदान भइरहेको छ। 

यो अधिवेशनमा प्रदेश कमिटी अध्यक्षका लागि रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्णप्रसाद दाहाल दुईवटा प्यालै बनाएर चुनावी प्रतिस्पर्धा गरिरहेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .