ad ad

राजनीति


प्रधानमन्त्रीको अपिल- धरानमा विभाजित मनोविज्ञानलाई संवादबाट समाधान गरौं

प्रधानमन्त्रीको अपिल- धरानमा विभाजित मनोविज्ञानलाई संवादबाट समाधान गरौं

नेपालखबर
भदौ ९, २०८० शनिबार २१:१७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनसरीको धरानमा भइरहेको घटनाको समाधान संवादको माध्यमबाट गर्न अपिल गरेका छन्। जुनसुकै जाति, भाषा, धर्म र सम्प्रदायका मानिसहरू भए पनि सामाजिक सम्बन्ध र सहकार्यबिना हाम्रो व्यक्तिगत जीवन र सामाजिक प्रणालीले पूर्णता प्राप्त गर्न नसकिने बताउँदै प्रधानमन्त्री प्रचण्डले सो अपिल गरेका हुन्। 

‘धरानमा विद्यमान विभाजित मनोविज्ञान र क्रियाकलापलाई पनि संवादको माध्यमबाट समाधान गर्न सकिनेतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै त्यस दिशामा आवश्यक पहलका निम्ति स्थानीय राजनीतिक दल, सामाजिक संघसंस्थाहरू, बौद्धिक समुदाय र आदरणीय जनसमुदायमा म हार्दिक अपिल गर्दछु,’ उनले शनिबार साँझ विज्ञप्तिमार्फत भनेका छन्। 

धरानमा केही दिनदेखि भएको जातीय र धार्मिक विवाद बढ्दै गएपछि शनिबार दिनभर निषेधाज्ञा जारी गरिएको थियो। सम्भावित घटना घट्न नदिन स्थानीय प्रशासनले शनिबार निषेधाज्ञा लगाएको थियो। 

धरानको घटनाबारे सरकार गम्भीर रहेको पनि प्रधानमन्त्रीले विज्ञप्तिमार्फत भनेका छन्।

‘केही दिनयता सांस्कृतिक नगरी धरानमा भइरहेका गतिविधि र त्यसले हाम्रो सद्भाव एवं एकतामा पार्नसक्ने नकारात्मक प्रभावबारे नेपाल सरकार गम्भीर छ। हरेक समस्या, बिमति र चुनौतीहरूलाई संवाद, सहमति,  र सहकार्यको बलमा नै समाधान दिन सकिन्छ भन्ने तथ्य हरेक चुनौतीपूर्ण परिस्थितिमा हामीले प्रदर्शित गर्दै आएको एकता र सहकार्यले प्रमाणित गरिसकेको छ,’ उनले भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .