ad ad

राजनीति


दुई चरणको छलफलमा जुटेन सहमति, संसद् बैठक मंगलबार सर्‍यो

दुई चरणको छलफलमा जुटेन सहमति, संसद् बैठक मंगलबार सर्‍यो

नेपालखबर
साउन २२, २०८० सोमबार १६:५३, काठमाडौँ

प्रतिनिधिसभा बैठक भोलि दिउँसो सम्मका लागि स्थगित भएको छ। संसद् सचिवालयले सूचना टाँस गरी मंगलबार दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरेको जानकारी गराएको छ।

नेकपा एमालेले अवरुद्ध गरेको संसद् बैठक सुचारु गर्नका लागि सोमबार दुई चरणमा सभामुखसहित शीर्ष नेतृत्वबीच छलफल भएको थियो। 

तर, छलफलमा सहमति जुट्न नसकेपछि बैठक सूचना टाँस गरी स्थगित गरिएको हो। सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक ४ बजे सम्मका लागि स्थगित भएको थियो। 

बैठक स्थगित गरेर दोस्रो चरणको छलफलमा जुटेका नेताहरूबीच पनि सहमति जुट्न नसकेको हो।

त्रिभुवन विमानस्थल परिसरबाट एक क्विन्टलभन्दा बढी सुन बरामद भएको प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै संसद् अवरुद्ध गर्दै आएको छ। 

एमालेले उक्त माग सम्बोधन नभएसम्म बैठक चल्न नदिने बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .