नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम निरन्तरतामा १९ को २० गर्नेगरी आएको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमार्फत नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै उनले केही वर्षमा आमुल परिवर्तन गर्नेगरी नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताएका छन्।
‘गठबन्धन सरकारले आलोपालो नै सही ५ वर्ष चलाउने दृढताकासाथ पहिला केही वर्ष आमूल संरचनात्मक परिवर्तनका नीति(कार्यक्रम ल्याउनु पर्थ्यो,’ भट्टराईले अघि भनेका छन्, ‘सुझाव पनि दिएकै हो।तर निरन्तरतामा १९ को २० गर्ने गरी आयो!ठीकै छ!’
साथै, उनले २ अंकको वृद्धिदर र वर्षेनी ५–७ लाख रोजगारी नहुँदासम्म केही हुन नसकिने उनले बताएका छन्।
‘जबसम्म दुई दशकसम्म दुई अंकको वृद्धिदर र वर्षेनी ५–७लाख रोजगारी हुन्न तबसम्म केही हुन्न है!’ उनले भनेका छन्।
Shares
प्रतिक्रिया