ad ad

राजनीति


शंकर कँडेलले न्याय पाउनुहुन्छ : मन्त्री गुरुङ

शंकर कँडेलले न्याय पाउनुहुन्छ : मन्त्री गुरुङ

फाइल तस्बिर


नेपालखबर
बैशाख ३१, २०८० आइतबार १९:४८, काठमाडौँ

चितवनका व्यवसायी शंकर कँडेलले न्याय पाउने नेपाली कांग्रेसका नेताहरूले बताएका छन्।

नेपाली कांग्रेस चितवन क्षेत्र नं ३ ले आज भरतपुर महानगरपालिका–८ स्थित कँडेल निवासमा आयोजना गरेको शोक सभामा बोल्दै कांग्रेसका नेताहरूले सो कुरा बताएका हुन्।

सभामा बोल्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले स्व कँडेललाई अन्याय हुन नदिने बताए। 

‘परिवारले दिएको किटानी जाहेरीमा रहेका दोषीले उन्मुक्ति पाउने छैनन्।’ किटानीमा उल्लेख भएकाले उन्मुक्ति पाउने गरी छानबिन नहुने उनको भनाइ थियो। 

नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका मन्त्री गुरुङले अहिलेको अवस्थामा उत्तेजना र भावनामा बगेर नभई गम्भीर भएर छानबिन गरिने बताए।

कँडेलको निधनले चितवनवासीलाई मात्रै नभएर सिङ्गो कांग्रेसलाई क्षति भएको उनका भनाइ थियो। 

उनको निधनले सिङ्गो व्यावसायिक क्षेत्रसमेत मर्माहत बनेको भन्दै मन्त्री गुरुङले परिवारको साथमा कांग्रेस रहेको बताए।

सभामा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कँडेलको निधनको विषयमा उठेका कुराहरूमा कानूनसम्मत छानबिन हुने पनि बताए। 

उठेको विषय कानूनसम्मत तवरले छिनोफानो नहुँदासम्म नेपाली कांग्रेससँगै उभिने उनले बताए। 

व्यवसायी एवं नेपाली कांग्रेसका महासमिति सदस्य कँडेलले वैशाख १९ गते आफ्नै कार्यालयमा देहत्याग गरेका थिए। ५२ वर्षीय कँडेलले केही महिनाअघि आफ्नो नेतृत्वको अनमोल फिड्स प्रालिको शेयर प्रदीप रुङ्टालाई बेचेका थिए। 

शेयर बिक्रीपछि आन्तरिक हिसाब मिलानका क्रममा रुङ्टा र सोही कम्पनीका चार्टर्ड एकाउन्टेन्ट जीवन रावलले मानसिक दबाब दिएको उनको सुसाइड नोटमा उल्लेख भएको प्रहरीले जनाएको छ।

भरतपुर महानगरपालिका–८ निवासी कँडेलका एक छोरा, एक छोरी, एक आमा र श्रीमती छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .