ad ad

राजनीति


भारतले भन्योः सीमाबारे नेपालसँग वार्ता हुँदैछ

भारतले भन्योः सीमाबारे नेपालसँग वार्ता हुँदैछ

नेपालखबर
पुस १७, २०७६ बिहिबार १०:५०,

भारतीय विदेशमन्त्रालयले कालापानीलगायत सीमाका विवादबारे वार्ता चलिरहेको जनाएको छ।

विदेश मन्त्रालयले आयोजना गर्ने नियमित पत्रकार सम्मेलनमा प्रवक्ता रवीश कुमारले भारतीय नक्सा सही भएको दाबी गरे। ‘हाम्रो नक्साले ठिकसँग भारतको भूभागलाई समेटेको छ,’ उनले भने, ‘यसले नेपाललाई कुनै असर गर्दैन।’

‘सीमाका विषयमा वार्ता चलिरहेको छ। सीमा निर्धारणको प्रक्रिया पनि चलिरहेको छ,’ उनले थपे। विद्यमान संयन्त्रकै माध्यमबाट कालापानी क्षेत्रबारे छलफल हुने उनको भनाइ थियो।

तर उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको टेलिफोन वार्तामा कालापानी क्षेत्रको बारेमा कुराकानी भयो या भएन भन्ने बारेमा केही बताएनन्।

 बिहीबार राष्ट्रियसभामा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत वार्ताद्वारा सीमा समस्या समाधान गर्न तयार भएको बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .