मतदान केन्द्रभित्रै पटका पड्काइएपछि मोरङको बूढीगंगामा मतदान स्थगित भएको छ।
बूढीगंगा गाउँपालिका-१ स्थित करैया देवीस्थान केन्द्रमा मतदान स्थगित भएको हो।
मतदाता लाइनमा रहेका बेला बेला केन्द्रभित्रै विष्फोटको ठूलो आवाज आएको थियो।
विषफोटको आवाजसँगै मतदाताबीच भगदौड मच्चिएको थियो। बम विष्फोट गराइएको भनेर मतदाता भागेपछि मतदान स्थगित भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए।
मतदाताबीच भगदौड भएएपछि केहीबेरका लागि मतदान स्थगित भएको मोरङका प्रमुख जिल्ला अधिकारी दाहालले बताए।
स्थगित मतदान सुरु गर्न माग गर्दै राजनीति दलका कार्यकर्ताले अहिले नाराबाजी गरिरहेका छन्।
42
Shares
प्रतिक्रिया