ad ad

राजनीति


ओलीसँगको एकताबारे प्रचण्डको टिप्पणी : म त कालको मुखमा परेर आएँ

ओलीसँगको एकताबारे प्रचण्डको टिप्पणी : म त कालको मुखमा परेर आएँ

लमजुङको राइनासमा आयोजित चुनावी सभामा प्रचण्डसहितका नेताहरु। तस्बिर : प्रचण्डको सचिवालय


नेपालखबर
कात्तिक २८, २०७९ सोमबार १३:२४, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँगको एकता आफ्ना लागि ज्ञान सिक्ने माध्यम बनेको बताएका छन्। 

लमजुङमा सत्ता गठबन्धनको चुनावी सभालाई सोमबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। 

'एमाले गुट भनेको झुटो कुरा गर्ने, ढाँट्ने र छलछाम गर्नेहरुको समूह हो', उनले भने, 'त्यहाँ गलत बोल्नेहरु धेरै छन्। म त कालको मुखमा पुगेर आएको हो। म त्यहाँ पसेको दिनदेखि नै धोका दिए। केपी ओली त यो संविधान सिद्धयाउन लागेका रहेछन्।'

प्रचण्डले गणतन्त्रका लागि आन्दोलन हुँदै गर्दा ओलीले गणतन्त्र आउँदैन, समावेशी समानुपातिक आउन सक्दैन भनेको दाबी गरे। 

'त्यसबेला एमालेको नेतृत्वमा माधव नेपाल भएकाले शान्ति सम्झौता पनि सम्भव भएको थियो। केपी ओली त बाध्य भएर त्यसको पछि लागेका हुन्', उनले भने, 'अहिले आएर सँच्चिए होला भनेर मिलेको त लुकेर मौकाको ताकमा बसेका रहेछन्। शक्तिमा आएपछि संविधान च्यात्नेऽ लोकतन्त्रमा पनि लात्ती हान्ने काम गरे।'

उनले अब गण्डकी प्रदेशको विकासको नेतृत्व आफूले लिने पनि बताए। 'म पारीपट्टी गोरखा क्षेत्र नम्बर २ मा उभिएको छु। लमजुङमा देव गुरुङ खडा हुनुहुन्छ। तनहुँ रामचन्द्र पौडेल खडा हुनुहुन्छ', दाहालले भने, 'म यस क्षेत्रको विकासको नेतृत्व लिन तयार छु। उस्तै पर्यो भने भोलि सरकारको नेतृत्व पनि यहीँ वरिपरि आउन सक्छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .