ad ad

राजनीति


सत्ता गठबन्धनको चुनावी सभा आज धनगढीमा, देउवा र प्रचण्डले सम्बोधन गर्ने

सत्ता गठबन्धनको चुनावी सभा आज धनगढीमा, देउवा र प्रचण्डले सम्बोधन गर्ने

फाइल तस्बिर


गोकुल जोशी
बैशाख २६, २०७९ सोमबार ८:७, महेन्द्रनगर

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा सोमबार (आज) सत्ता गठबन्धनले चुनावी सभा गर्दै छ। 

बिहान ११ बजे सुरु हुने आमसभाको सम्पूर्ण तयारी पूरा भएको नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनारले जानकारी दिए। 

सभालाई नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लगायतले सम्बोधन गर्ने कार्यक्रम छ।

त्यसका लागि प्रधानमन्त्री देउवा आइतबार बेलुका नै धनगढी पुगिसकेका छन्। उनी धनगढीस्थित आफ्नै निवासमा बास बसेका छन्। 

सोमबार धनगढीको भेलालाई सम्बोधन गरेपछि देउवा गृहजिल्ला डडेल्धुरा जाने तयारी छ। 

यस्तै प्रचण्डले कैलालीको धनगढीसहित कैलारी र कञ्चनपुरको बेलौरीमा हुने आमसभालाई सम्बोधन गर्ने कार्यतालिका छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .