ad ad

राजनीति


एमालेको झण्डा टाँगिएपछि सांसद चढ्ने सरकारी गाडी प्रहरीको नियन्त्रणमा

एमालेको झण्डा टाँगिएपछि सांसद चढ्ने सरकारी गाडी प्रहरीको नियन्त्रणमा

प्रहरीको नियन्त्रणमा राखिएको सांसद सवार गाडी।


गोकुल जोशी
बैशाख २५, २०७९ आइतबार ७:२४, महेन्द्रनगर

नेकपा एमालेका सुदूरपश्चिम प्रदेश सांसद नेपालु चौधरीले चढ्ने गरेको सरकारी गाडी प्रहरीले नियन्त्रणमा लिएको छ।

निर्वाचन आचारसंहिताविपरीत सांसद चौधरीले प्रयोग गरिरहेको सरकारी गाडी स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन्। 

प्रदेश सांसद चौधरी सवार से १ झ ३०७ नम्बरको गाडी धनगढी उपमहानगरपालिका १९ जे गाउँबाट शनिबार राति नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलाली डीएसपी वेदप्रकाश चौधरीले जानकारी दिए। 

उनका अनुसार सो गाडी अहिले बहुलिया प्रहरी चौकीमा राखिएको छ।

सांसद चौधरी चढ्ने सरकार गाडीमा नेकपा एमालेको झण्डा टाँगिएको फेला परेपछि नेपाली कांग्रेस सम्बद्ध युवाले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .