ad ad

राजनीति


माओवादीले एउटै नगरमा दुई जनालाई प्रमुखको टिकट दिएपछि...

माओवादीले एउटै नगरमा दुई जनालाई प्रमुखको टिकट दिएपछि...

गोकुल जोशी
बैशाख १२, २०७९ सोमबार १८:२२, महेन्द्रनगर

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रबाट दुई जनाले उम्मेदवारी दिन खोजेपछि विवाद उत्पन्न भएको छ। 

प्रमुखका लागि माओवादी केन्द्रबाट लोकेन्द्र बहादुर ऐरी र नवराज ऐरी दुवैले उम्मेदवारी दिन खोज्दा विवाद उत्पन्न भएको हो।

उनीहरु दुवैसँग माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टको हस्ताक्षर सहितको मेयरको टिकट छ।

दुवैले आफू माओवादी केन्द्रको आधिकारिक उम्मेदवार भएको जिकिर गरेका छन्।

‘प्रदेश कमिटीको निर्णय र इन्चार्ज कमरेडको हस्ताक्षर सहितको टिकट म सँग छ,’ लोकेन्द्र बहादुर ऐरले भने, ‘आधिकारिक उम्मेदवार म हो। उहाँले पनि इन्चार्ज कमरेडको हस्ताक्षरको टिकट ल्याउनु भएको छ।’

अहिले मुख्य निर्वाचन कार्यालयले दुवैको उम्मेदवारी दर्ता रोकेको छ। निर्वाचन कार्यालयले उनीहरुलाई आधिकारिक उम्मेदवार पुष्टि हुने कागज ल्याउन भनेको छ। 

‘दुवै जना मेयरको टिकट ल्याएर आउनु भएको थियो। हामीले आधिकारिकता पुष्टि हुने कागज ल्याउन भनेका छौँ,’ शुक्लाफाँटाका मुख्य निर्वाचन अधिकृत तारा जोशीले भने,‘ रसिद काटेर राखेका छौँ। उम्मेदवारी दर्ताको लागि निर्देशन दिएको छैन।’

जसले पहिला आधिकारिकता पुष्टि हुने कागजपत्र ल्याउँछ उसैको उम्मेदवारी दर्ता हुने उनको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .