ad ad

राजनीति


कञ्चनपुरमा भत्कियो सत्ता गठबन्धन, कांग्रेसलाई छाडेर माओवादी केन्द्र–एकीकृत समाजवादी तालमेल

सिट बाँडफाँड सूची
कञ्चनपुरमा भत्कियो सत्ता गठबन्धन, कांग्रेसलाई छाडेर माओवादी केन्द्र–एकीकृत समाजवादी तालमेल

गोकुल जोशी
बैशाख १२, २०७९ सोमबार ६:४८, महेन्द्रनगर

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र मानिने नेताद्वय रमेश लेखक र एनपी साउदको गृहजिल्ला कञ्चनपुरमा सत्ता गठबन्धन भत्किएको छ। 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच भागबन्डामा सहमति नजुटेपछि कञ्चनपुरमा सत्ता गठबन्धन भत्किएको हो।

कञ्चनपुरमा नेपाली कांग्रेस एक्लै चुनाव लड्ने भएको छ।

गठबन्धनमा सहमति नजुटेपछि कांग्रेसलाई छाडेर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच तालमेल गर्ने निर्णय भएको एकीकृत समाजवादीका अध्यक्ष जीवनराज थापाले बताए।

‘लगातारको छलफलपछि पनि सहमति जुट्न सकेन। कांग्रेसले आफ्नो अडान छाडेन,’ उनले नेपालखबरसँग भने, ‘अब कांग्रेसबाहेक माओवादी र समाजवादी मिलेर जाने भएका छौँ।’

उनका अनुसार ९ स्थानीय तहमध्ये ५ स्थानीय प्रमुख माओवादी केन्द्र र ४ स्थानीय तह प्रमुख समाजवादीको भागमा परेको छ।

माओवादी केन्द्रले कृष्णपुर नगरपालिका, शुक्लाफाँटा नगरपालिका, लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिकामा प्रमुख पाएको छ।

एकीकृत समाजवादीको भागमा बेदकोट नगरपालिका, भीमदत्त नगरपालिका, दोधाराचाँदनी नगरपालिका र पुनर्वास नगरपालिकाको प्रमुख परेको छ।

हेर्नुहोस् सिट बाँडफाँड सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .