कांग्रेस निकट नेपाल पर्यटन व्यवसायी संघ गण्डकीले पर्यटन व्यवसायी गणेश बहादुर भट्टराईलाई पोखराको मेयरको उम्मेदवार बनाउन आग्रह गरेको छ।
संस्थाका अध्यक्ष सोम थापाका अनुसार बिहीबार भएको पर्यटन व्यवसायी र पोखरा वडा ६ का प्रतिनिधिहरुको भेलाले महानगरको उपमेयर समेतको जिम्मेवार सम्हालेका भट्टराईलाई मेयर बनाउनुपर्ने माग गरेको हो।
सो कार्यक्रममा सहभागी नेता भट्टराईले भिजन र मिसन भएको लोकप्रिय व्यक्तिलाई पार्टीले महानगरको मेयर उम्मेदवार छनोट गर्नुपर्ने बताए। आफू मेयर बनेमा पोखरा महानगरलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त बनाउने प्रतिवद्धता व्यक्त गरे।
पर्यटन व्यवसायी भट्टराई हाल नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हातबाट पार्टीको सदस्यता लिएर उनी नेपाली कांग्रेसको राजनीतिमा होमिएका हुन्।
नेपाल पर्यटन बोर्डका पूर्वसदस्यसमेत रहेका भट्टराई पोखराको चर्चित सडक महोत्सवको परिकल्पनाकार, पोखरा पर्यटन परिषद तथा रेवान पोखराका पूर्वअध्यक्ष पनि हुन्।
कांग्रेसको तर्फबाट यसअघि नै करिब आधा दर्जनले मेयरमा आकांक्षा देखाइसकेका छन्।
Shares
प्रतिक्रिया