प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयमा नयाँ टिम ल्याउने भएका छन्।
सचिवालयका केही सल्लाहकार तथा अन्य सदस्यको कार्यसम्पादन तथा शैलीप्रति आलोचना बढेपछि र प्रधानमन्त्री आफैँ पनि सन्तुष्ट हुन नसकेपछि सचिवालयमा हेरफेर गर्न लागेको बालुवाटारनिकट स्रोतले जनायो।
‘मंसिर १ गतेदेखि बालुवाटारमा नयाँ टिम आउने कुरा छ। क्याबिनेट पुनर्गठनको शैलीमा सचिवालयमा हेरफेर हुनेछ,’ नेपालखबरसँग कुरा गर्दै स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले आफ्नो टिममा केही गोडमेल गर्न खोज्नुभएको हो। सबै परिवर्तन होइन।’
स्रोतका अनुसार प्रधानमन्त्रीले कसैलाई ‘तपाईं छोड्नुस्, तपाई बसिरहनुस्’ भन्न ठीक नमानेर यो उपाय निकालिएको हो।
यसबारे प्रधानमन्त्रीले केही दिनदेखि आफू निकट केही नेताहरुसँग समेत सरसल्लाह गरेको स्रोतले बतायो। ‘पछि उहाँ (प्रधानमन्त्री) ले आवश्यकता र पर्फमेन्सका आधारमा केहीलाई निरन्तरता दिने कुरा छ।’
प्रतिक्रिया