नेपाली कांग्रेसका उपसभापतिमा पराजित विजय गच्छदार अहिले मध्यराति कांग्रेस मुख्यालय सानेपा जाँदैछन्।
थोर अन्तरको हारपछि उनी फेरि मत गन्न माग गर्दै निवासबाट सानेपा निस्किएका हुन्।
शेखर कोइराला प्यानलका धनराज गुरुसँग २ मतको झिनो अन्तर (निर्वाचन समितिद्वारा घोषणा गर्न बाँकी) ले पराजित भएपछि गच्छदार सानेपा पुग्न लागेका हुन्।
कांग्रेस मुख्यालय सानेपामा भएको मतगणनाको सुरुमा धनराजले अग्रता लिएका थिए। तर मतगणना मध्यमा पुगेपछि गच्छदार अघि बढेका थिए।
यस्तोमा मतगणना अन्तिम अवस्थामा पुग्दा मात्रै गुरुङले उछिन्दा गच्छदार पछि परेका हुन्।
2.9k
Shares
प्रतिक्रिया