नेपाली कांग्रेस गण्डकी संसदीय दलको प्रमुख सचेतकमा नवलपुरकी ओमकला गौतम चयन भएकी छन्।
यसअघिका मणिभद्र शर्मा कंडेल पर्यटनमन्त्रीमा नियुक्त भएसँगै मुख्यमन्त्री तथा दलका नेता कृष्णचन्द्र नेपालीले ओमकलालाई सचेतक नियुक्त नियुक्त गरेका हुन्।
मुख्यमन्त्री नेपालीले दलको सचेतकमा स्याङ्जाबाट निर्वाचित सांसद भागवतप्रकाश मल्ल नियुक्त गरेका छन्।
भागवत स्याङ्जाबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने ओमकला समानुपातिकबाट संसद आएकी हुन्।
यसअघि कृष्णचन्द्र नेपाली नेतृत्वको मन्त्रिपरिषद् गठन हुँदा दुवैजना मन्त्रीकै आकांक्षी थिए।
99
Shares
प्रतिक्रिया