नेपाली सेनाले आज (आइतबार) काठमाडौंको टुँडिखेलमा घोडेजात्रा मनाएको छ।
घोडेजात्राका अवसरमा सेनाले अश्वकला, शारीरिक व्यायाम, कुकुरकाे कला लगायतकाे प्रदर्शन गरेको थियाे।
राष्ट्रपति विद्यादेवी भण्डारी उपराष्ट्रपति नन्दबहादुर पुन प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिहरुकाे कार्यक्रममा उपस्थित रहेका थिए।
त्यसक्रममा टुँडिखेल वरपरको बार बाहिरैबाट ठूलो संख्यामा सर्वसाधारणले सेनाको कलाकौशल नियालेका थिए।
प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व मनाउने गरिन्छ।
गत वर्ष कोरोना महामारीका कारण बन्दाबन्दी जारी गरिएकै दिन घोडेजात्रा परेकाले कार्यक्रम स्थगित गरिएको थियो। यस वर्ष पनि सेनाले थोरैलाई आमन्त्रित गरेर सांकेतिकरूपमा मात्र जात्राका कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ।
Shares
प्रतिक्रिया