२०७२ को महाभुकम्पबाट क्षति पुगेको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरको पुन:र्निर्माणपछि बिहीबार गजुर राखिएको छ।
बिहीबार बिहान क्षमा पुजा गरेर गजुर पुन: स्थापना गरिएको रानीपोखरी निर्माण उपभोक्ता समितिका संयोजक अजय स्थापितले बताए।
झन्डै ७० केजी तौल र ७ फिट अग्लो रहेको गजुर पाटनका कालिगढहरुले निर्माण गरेका हुन।
मन्दिरमा अब ब्युटिफिकेसन र विद्युतीयबाहेक अन्य सबै काम सम्पन भैसकेको स्थापितले बताए।
रानी पोखरीमा यसअघि नै पानी हाल्ने काम सम्पन्न भइसकेको छ।
प्रतिक्रिया