२०७२ सालको भूकम्पले जिर्ण बनाएको भक्तपुरको न्यातपोल, पाँचतले मन्दिरको जिर्णोद्वार गर्न स्थानीय जुटेका छन्।
ठुलो संख्यामा उपस्थित स्थानीयले उत्साहका साथ मन्दिर पुनर्निर्माणका लागि श्रमदान गरेका छन्।
जनश्रमदान गर्नेमा ज्येष्ठ नागरिक र महिलाहरुको संख्या उल्लेख्य छ।
विश्व सम्पदा सूचीमा सुचिकृत पाँचतले मन्दिरको पूनर्निर्माण कार्यमा भक्तपर जिल्लाका मेयर सुनिल प्रजापति पनि स्थानीयसँगै हातेमालो गर्दै सक्रिय देखिन्छन्।
भक्तपुर नगरपालिकाको ६५ लाख १३ हजारको लागतमा न्यातपोल मन्दिरको जीर्णोद्धार कार्य सुरु गरिएको थियो। मन्दिरको जीर्णोद्धार यसै आर्थिक वर्षमा सम्पन्न गर्ने योजना रहेकाे भक्तपुर नगरपालिकाले जनाएकाे छ।
6
Shares
प्रतिक्रिया