लोकसेवाले लिने परीक्षामा आरक्षण बचाउन भन्दै राजधानीमा सिठ्ठी जुलुश निकालिएको छ।
सोमबार ब्यानर तथा विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुकाे एक समूहले आरक्षण बचाउन भन्दै सिठ्ठी जुलुशसहित निकालेका हुन्। सुन्धाराबाट सुरु भएको जुलुश बागबजार पुगेर समापन भएको थियो।
सहभागीहरुले आरक्षण खोस्ने काम गरेको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको राजीनामा माग गरेका थिए।
उनीहरुले लाेसेवा आयाेगले स्थानीय तहमा खाेलेकाे विज्ञापन खारेज गर्न समेत माग गरेका थिए।
प्रतिक्रिया